काठमाडौं– गायक भरत सिटौलाको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक सिटौलाकै स्वर तथा संगीत रहेको छ।
माया र प्रेमभाव बोक्ने गीतको शब्द भने रमेश अधिकारीले लेखेका हुन्। सिटौलाको गीतसँगै म्युजिक भिडियो पनि एकसाथ सार्वजनिक गरिएको छ।
भिडियाेमा लुसान र अर्चना पन्थीको अभिनय छ भने भिडियोलाई फरजा अपर्णले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।