एजेन्सी– सन् २००८ मा रिलिज भएको हिन्दी फिल्म ‘गजनी’ सय करोड क्लबमा सामेल हुने पहिलो बलिउड फिल्म बनेको थियो। आमिर खानले मुख्य भूमिका निभाएको यो फिल्ममा उनले एट प्याक एब्स बनाएका थिए। त्यसपछि बलिउडमा यसरी बडी बनाउने हिरोहरुको लहर नै चलेको थियो।
एआर मुरुगदासद्वारा निर्देशित ‘गजनी’ दक्षिण भारतीय फिल्मको रिमेक थियो। अब ‘गजनी’ को सिक्वेल ‘गजनी– २’ बन्ने पक्का भएको छ। यसकाे हिराे पनि आमिर नै हुनेछन्। फिल्मको टाइटल पनि दर्ता भइसकेको छ। निर्माता गीता आर्ट्सले टाइटल दर्ता गराएको हो।
आमिरले गजनीको सिक्वेल गर्ने तय भएपछि बलिउडमा यसको चर्चा चुलिएको छ। ‘डग्स अफ हिन्दुस्तान’ असफल भएपछि आमिर निकै दुःखी भएका छन् र उनी गजनी– २ मार्फत सानदार कमव्याक गर्न चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।