• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी इन्काउन्टरमा मारिएका व्यक्ति कुख्यात अपराधी भएको खुलासा

यस्ताे थियाे आपराधिक पृष्ठभूमि
64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०७५  १९:२४
1140x725

भैरहवा– शनिबार मध्यराति प्रहरी इन्काउन्टरमा मारिएका व्यक्ति नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधी रहेको खुलेको छ। ती व्यक्ति विभिन्न फौजदारी तथा आपराधिक मुद्दामा प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेको कुख्यात अपराधी रहेको रुपन्देही प्रहरीले जनाएको छ। 

सीमा क्षेत्र सिद्धार्थनगर– १० शंकरपुरीबाट तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि फायरिङ गरेपछि जवाफी फायरिङमा उनको मृत्यु भएको थियो।

मृत्यु भएका ती व्यक्ति विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका– ६ का केदार साहनी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोद ढुंगेलले जानकारी दिए। मृतक साहनीका परिवारले शवको सनाखत गरेको प्रहरीले जनाएको छ।

‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौं’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले एकाएक प्रहरीमाथि फायरिङ गरेपछि जवाफी कारबाहीमा सहानी मारिएका हुन्।’

प्रहरीका अनुसार मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार छन्। उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको १० थान गोली बरामद भएको उनले बताए।

प्रहरी प्रमुख थापाले कुख्यात अपराधि साहनीको इन्काउन्टर प्रहरीका लागि ठूलो उपलब्धि भएको बताए। उनले साहनीका साथीहरुको पनि खोजी व्यापक पारेकाले केही दिनभित्रै पक्राउ गरी सार्वजनिक गर्ने बताए। मारिएका साहनी एक हप्ता अगाडि पनि भैरहवामा माक्स लगाएर घुमिरहेको अवस्थामा देखिएको गुरुङका परिवारले जनाएको प्रहरीले जनाएको छ । 

को हुन साहनी? 
प्रहरी इन्काउन्टरमा मारिएका साहनी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए। 

राजनितिक दलमा आवद्ध हुनुअघि उनी सीमानाका क्षेत्रको तस्करीमा सक्रिय थिए। कपिलवस्तु जिल्लामा पनि दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए। उनलाई नेपाल प्रहरीले वर्षौंदेखि मोस्ट वान्डेड सूचीमा राखेर खोजी जारी राखेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

साहानीले भैरहवाका आकाश गुरुङलाई अपहरण गरी हत्या गरेर फरार रहेको प्रहरी सूचीमा छ। गुरुङको नवलपरासीको बर्दघाट माथिको जंगलमा हत्या गरिएको थियो। २०७१ साल भदौ २८ गते बिहान साथीले बोलाएर भैरहवाकै बुद्धचोक गएर गुरुङ अपहरणमा परेका थिए।

अपहरण गरेको अर्को दिन २९ गते मध्यराति अपहणकारीले एक करोड फिरौती माग गरेका थिए। अपहरणकारीले फिरौती बापतको रकम पटकपटक माग गरेका थिए। उनीहरुले माग गरे अनरुपको १ करोड परिवारले दिन नसक्ने भएपछि उनको हत्या गरिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, जिल्ला प्रहरी कार्यालय रुपन्देही, नवलपरासीको व्यापक खोजी र अनुसन्धानपछि उनको शव असोज ११ गते फेला परेको थियो। 
गुरुङको अपहरणपछि हत्यामा संलग्न भैरहवाका सफिक मोहम्मद, मनिराम चाई, नवलपरासीका नन्दलाल चाई, देवानन्द सिंह फौज्दार, खेमानसिंह दर्लामी, दानबहादुर मगरलाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

जिल्ला अदालत नवलसारीको आदेशले त्यतिबेला सबैजना पुर्वपक्षका लागि थुनामा पुगेका थिए भने प्रहरी कारबाहीमा राति मारिएका साहनी र रामजीत हरिजन फरार रहेका थिए। हरिजन अहिलेसम्म फरार छन्। 

Xtrem

Xtrem

साहनी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौती लगायत मुद्दा रहेका छन्। गुरुङको हत्यालगत्तै भारत छिरेका साहनी भारतमा बसेर नेपालमा संगठित रुपमा तस्करीमा संलग्न रहँदै आएको बुझिएको छ। प्रहरीले अन्यको पनि खोजी गरिरहेको जनाएको छ । 

यसरी भएको थियो घटना 
जिल्लाका विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी हुन लागेको विशेष सूचना आएपछि रुपन्देही प्रहरीले विभिन्न नाकामा सर्च अपरेसन थालेको थियो। शनिबार राति १२ बजेर १५ मिनेटको समयमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १० शंकरपुर पतैयाचौरमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गरिरहेको थियो।

सिद्धार्थनगर– १० लाटाबैरा स्कुलतर्फको बाटो हुँदै आएको युपि ५३ एच २०२८ नम्बरको मोटरसाइकलमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा आएका दुई जना व्यक्तिले एक्कासि प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेकोले तत्काल प्रहरीद्वारा जवाफी कारबाही गरेको प्रहरीले बताएको छ।

प्रहरी कारबाहीमा उक्त मोटरसाइकलमा आएका अपरिचित व्यक्तिमध्ये १ जना घाइते भएको एक जना सो स्थानबाट फरार रहेका छन्। घाइतेलाई प्रहरीद्वारा उपचारको लागि मेडिकल कलेज भैहरवामा लगिएकोमा ती व्यक्तिको रातिको १२ बजेर ४५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिनपा– ६ बस्ने गोविन्द चाई (साहनी) ले मृतक व्यक्ति आफ्नो दाजु केदार चाई साहनी भएको भन्दै सनाखत गरेका छन्। 

साहनीको आपराधिक पृष्ठभूमि 
–    २०६५ असार २३ गते कपिलवस्तु जिल्लामा अटोमेटिक पेस्तोल र उक्त पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ परी हातहतियार खरखजाना मुद्दामा २०६५ भदौ १५ गते कारागार कपिलवस्तुमा थुनामा गएको। २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनी भागेको।

–    मिति २०६६ चैत ७ गते नलकटुवा पेस्तोल र १ राउन्ड गोलीसहित पक्राउ परी कपिलवस्तु जिल्ला अदालतको मिति २०६६ चैत १५ गतेको आदेशले कारागारमा थुनामा गएको।

–    सशस्त्र समूह सक्रिय रहेको अवस्थामा जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आवद्ध रही रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका विभिन्न जिल्लाका व्यापारीहरूलाई धम्क्याई चन्दा असुली गर्ने गरेको। 

–    मिति २०७१ भदौ २८ गते रुपन्देही, सिद्धार्थनगर– ८ बस्ने आकाश गुरुङलाई अपहरण गरी जिल्ला नवलपरासी साविकको धुर्कोट– ७ मा लगी बन्धक बनाई राखी १ करोड फिरौती माग गरेको। फिरौती दिन नसक्दा मिति २०७१ असोज ५ गते ३ बजे गोली हानी कर्तव्य गरी मारेकोमा मिति २०७१ असोज ११ गते लाश फेला परेको। हत्या गर्दा गोली हानेको भिडिओ बनाई घरपरिवारलाई पठाएर धम्क्याउने गरेको।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्