• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १०, २०८३ Thu, Apr 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

द्वन्द्वमा बेपत्ता पारिएका श्रीमान् खोज्दै काठमाडौंमा

भन्छन्– हामीलाई सरकारले नै पालोस्
64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  १६:४१
1140x725

काठमाडौं- रोक्ने अनेकन प्रयासका बावजुद पनि उनका गहभरि आँसु टलपलाइरहे। हर्षका नभई ती उनका दुःख, वेदनाका आँसु थिए। आफ्नै दु:ख-सुखसँग रमाउने कोसिस गरिरहेका श्रीमान्‌लाई घरैबाट बेपत्ता पारिदिएपछि चितवन माडीकी मोहनकला आचार्य १८ वर्षदेखि  बेचैनपूर्ण जिन्दगी बाँचिरहेकी छन्। उ:बेलाको त्यो कहालीलाग्दो क्षण सम्झेर ल्याउँदा उनका आँखामा आँसु छचल्किन्छन्। 

आफ्ना प्रिय श्रीमान्‌लाई न  उनले बिर्सन सकेकी छन्, न पाउन नै। देशमा चलिरहको सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्नै लाग्दा श्रीमान्‌ कृष्णप्रसाद आचार्यलाई घरबाटै बेपत्ता पारियो। उनको बेपत्ता पार्नेबारे अहिलेसम्म मोहनकलाले केही भेउ पाउन सकेकी छैनन्। 

बेपत्ता श्रीमान् पाउने आसैआसमा चितवनदेखि काठमाडौंसम्म पटपटक बेचैनपूर्ण यात्रा नापिसकेकी छन्, मोहनकलाले। उनको झैं दुःखको भारी बोकेर चितवनबाटै अरु दुई द्वन्द्वपीडित महिला पनि काठमाडौंमा आएका छन्। उस्तै वेदना र उस्तै मागका लागि न्याय माग्न पदमपुरकी लीलादेवी भण्डारी (लोप्चन) र खैरहनीकी सीतादेवी अधिकारी काठमाडौंमा छन्।
 
संघीय सरकार बसेको काठमाडौं खाल्डोले न्याय देला या नदेला? उनीहरुसँग बाँकी भनेको आशा मात्रै छ। तर भरोसा छैन। 

फर्किएनन्, सेनाले लगेका श्यामबहादुर
रातको करिब १२ बजे। चूक घोप्ट्याएको रातमा लीलादेवीका श्रीमान् श्यामबहादुर लोप्चनलाई खोज्दै दुई व्यक्ति आए। आफ्नै नाम काढेर मध्यरातमा अपरिचित मान्छे आएपछि सुतिसकेका श्यामबहादुर उठे। 

ती दुई रहेछन्, नेपाली सेनाको देवीदत्त गणका मेजर मनमोहन वाइबा र प्रितम राणा। आफूसँगै हिँड्न भनेपछि श्यामबहादुर मध्यरातमै उनीहरुको पछि लागेर गए। लीलादेवी पनि श्रीमान्‌कै साथ जान खोजिन्। तर, उनीहरुले रोके।

२०५९ भदौको मध्यरात घरबाट लगिएका श्यामबहादुर १६ वर्ष बितिसक्दा पनि घर फिरेका छैनन्। सेनाका मान्छेले श्रीमान् लग्नेबित्तिकै त्यो खबर सुनाउन उनी नजिकैको माइती गाउँ पुगेकी थिइन्। त्यहाँबाट पनि सेनाले अरु ६ जनालाई लगेको रहेछ। माइती पक्षले अरुलाई पनि लगेको भन्दै उनलाई सान्त्वना दिन खोजे। 

उनले धेरैतिर श्रीमान्‌को खोजबिन गरिन्। सेनाको ब्यारेक गएर सोध्दा उनलाई भनियो, ‘तिम्रा मान्छे यहाँ छैनन्, खोज्न नआउनू।’ 

nimb
nimb
Ncell 2
Ncell 2

केही दिनपछि नजिकैको गाउँमा ६ जनाको हत्या भएको खबर फैलियो। उनले श्रीमान्‌ पनि त्यही घानमा परेको आशंका गरिन् र त्यहाँ पुगिन्। 'लास लिन गए गोली हान्ने धम्की आएपछि म डराएँ,' उनी भन्छिन्, 'संकटकालको बेला थियो, अरु पनि हच्किए। चित्त नबुझेपछि एक मध्यरात एक्लै जान खोजेको थिएँ तर रोकियो।'

घटनाको एक वर्षपछि जिल्लाका केही पत्रकार र मानवअधिकारकर्मीका साथ लागेर घटनास्थल पुगिन्। तर, त्यहाँ कपडाका टुक्राबाहेक केही पनि पाइनन्।

हत्या गरिएका भनिएका ६ जना को थिए? त्यसमा उनका श्रीमान् थिए वा थिएनन्? लीलादेवीलाई केही अत्तोपत्तो लागेन। 

श्रीमान् गाडी चलाउँथे। धेरै वर्ष अरुको गाडी चलाएपछि आफ्नै चलाउन थालेको केही वर्ष मात्रै भएको थियो। 

'सेनाले लिएर बेपत्ता नै पार्नु पर्ने के दोष थियो उनको?' माओवादीको आरोपमा लगिएको भन्दै उनले सुनाइन्, ‘सेनाका मान्छेले कहिले चोरीसिकारीमा, कहिले दोहोरो भिडन्तमा मरेको भने।’

त्यसपछि कहिल्यै फर्किएनन् पदमप्रसाद
सामान्य किसान थिए, पदमप्रसाद अधिकारी। घरमै बसिरहेका बेला २१ फागुन २०५८ मा नचिनेका मान्छे आएर उनलाई लिएर गए। १७ वर्ष भयो सीतादेवीले श्रीमान् आउने आशामा कुरेर बसेको। तर, पदमप्रसाद अहिलेसम्म फर्किएका छैनन्।

को थिए, पदमप्रसादलाई लिएर जाने?

मान्छे नचिने पनि ती राज्यकै मान्छे थिए भन्ने लाग्छ, सीतादेवीलाई। ‘माओवादीका मान्छे आएर जबरजस्ती खाना खुवाउन भन्थे,’ उनको अड्कल छ, ‘एक-दुईपटक खान पकाएर उनीहरुलाई खुवाएकी थिएँ, त्यही निहुँमा माओवादी भनेर उहाँलाई लगेको जस्तो लाग्छ।’

१८ वर्षदेखि बेपत्ता कृष्णप्रसाद
नेपाली सेनामा थिए, कृष्णप्रसाद आचार्य। सशस्त्र द्वन्द्व बढ्दै गएपछि उनी सेनाको जागिर छाडेर घरमै बस्न थालेका थिए। पाँच-छ वर्ष सेनामा काम गरेका उनले जागिर छाडेको तीन वर्ष भएको थियो। अपरिचत मान्छे आएर जागिर लगाइदिने भन्दै कृष्णप्रसादलाई लगेर गएका थिए। ‘पहिले सेनामा काम गरेको मान्छे, राम्रो जागिर पाइन्छ भन्दै लिएर गए,’ मोहनकला सम्झन्छिन्, ‘माओवादीले लिएर गएको भन्ने हल्ला चल्यो तर कसले लगेर गयो भन्ने ठ्याक्कै थाहा छैन।’

भूपु सेना भएकाले कृष्णप्रसादलाई  माओवादीले आफ्नो सेनामा लगेर गएको गाउँलेको आशंका छ। मोहनकलालाई पनि त्यस्तै लाग्छ। तर, मान्छे किटान गर्न नसक्दा उनलाई अप्ठ्यारो भएको छ। ‘माओवादीलाई सोध्दा प्रमाण के छ भन्छन्?’ उनी सुनाउँछिन्, ‘मैले के प्रमाण ल्याएर दिने? मेरो श्रीमान् मसँग नहुनु प्रमाण होइन र?’ 

१६ पुस २०५७ को घटना थियो त्यो। कृष्णप्रसाद बेपत्ता भएपछि मोहनकलाको परिवारै छिन्नभिन्न भयो। छोरा बेत्ता भएका वेदनाले कृष्णकी आमा बितिन्। उनका बुवाले अर्की श्रीमती ल्याए। कान्छी श्रीमतीलाई सम्पत्ति दिनुपर्ने दबाब परेपछि कृष्णका बुवा घर छाडेर प्युठान, स्वर्गद्वारीको आश्रममा लामो समय बसे। 

परिवारमा सुख, शान्ति नभएपछि मोहनकला पनि पाँच-छ बर्ष माइतीमै गएर बसिन्। 

पाएनन् राहत
आफ्नो श्रीमान्‌को लाससम्म पनि नपाएका उनीहरुमध्ये सीतादेवी र मोहनकलाले द्वन्द्वपीडितले पाउनुपर्ने राहातसम्म पाएका छैनन्। लीलादेवीका हकमा भने जसोतसो राहतस्वरुप २०६९ मा १० लाख पाएकी थिइन्। तर, त्यसले आफ्नो परिवार धान्न नै धौधौ हुने लीलादेवी बताउँछिन्। 

उनका दुई छोरा र दुई छोरी छन्। ‘श्रीमान्‌को खोजीमा लाग्दा मैले दुई कट्ठा जमिन बेच्नुपर्‍यो,’ उनको गुनासो छ, ‘छोराछोरी छन्, उनीहरुलाई पढाउनुपर्यो। लालनपालन गर्नुपर्यो। आयआर्जनको स्रोत नभएपछि कसरी गुजारा चलाउने?’

राहतका रुपमा सीतादेवी र मोहनकलाले भने एक रुपैयाँ पनि पाएका छैनन्। उनीहरुले राहत पाइन्छ भन्नेसम्म थाहा पाएनन् र त्यसको प्रक्रियामा जाने भेउ पाएनन्।

उनले २०७३ मा मात्रै स्थानीय शान्ति समितिमा श्रीमान् बेपत्ता पारिएको उजुरी दिइन्। द्वन्द्वकालमा बेपत्ता पारिएकाको छानबिन  गर्न बनेको आयोगले बल्ल उनका श्रीमान् बेपत्ताको सूचीमा दर्ता भएका छन्। 

सीतादेवीले २०७१ मा मात्रै राहत पाइनेबारे थाहा पाइन। ‘राहतका नाममा अहिलेसम्म एक रुपैयाँ पनि पाइएको छैन,’ उनी भन्छिन्, ‘राहत पाइन्छ भन्ने पछि मात्रै थाहा भयो। कसैले भनेनन् पनि।’ उनका तीन छोरी छन्। श्रीमान् पदमप्रसाद बेपत्ता पारिएपछि छोरीको पालनपोषणमा निकै अप्ठ्यारो परेको उनको अनुभव छ। 

उता मोहनकलाको अवस्था पनि त्यस्तै छ। धेरै समय घरबाहिरै रहेकी उनलाई श्रीमान्‌को खोजी कसरी गर्ने भन्ने थाहासम्म पाइनन् र सिकाउने पनि कोही भएन। ‘त्यतिबेला केही पनि थाहा भएन,’ उनले सुनाइन, ‘उजुरी दिनलाई मसँग खासै डकुमेन्ट पनि थिएनन्। बुवाले नै उहाँको नागरिकता लगायतका सबै काजपत्र लिएर जानुभएको थियो।’उनले २०७३ मा मात्रै स्थानीय शान्ति समितिमा श्रीमान् बेपत्ता पारिएको उजुरी दिइन्। द्वन्द्वकालमा बेपत्ता पारिएकाको छानबिन  गर्न बनेको आयोगले बल्ल उनका श्रीमान् बेपत्ताको सूचीमा दर्ता गरेको छ।

स्थानीय शान्ति समितिमा दिएका कागजात राहतका लागि पर्याप्त नभएपछि उनीहरु अहिले बाँकी कागजात बुझाउन काठमाडौं आएका हुन्। ‘राहतका लागि गृह मन्त्रालयमा गाउँपालिकाको सिफारिस लगाएका डकुमेन्ट बुझाएका छौं,’ सीतादेवीले भनिन्, ‘डकुमेन्ट राख्नुभएको छ। राहत दिने–नदिने अझै थाहा भएन।’
राहत लिने प्रक्रियाबारे धेरै नजानेका उनीहरुलाई लीलादेवीले सहयोग गरिरहेकी छिन्। 

‘सरकारले नै पालोस् हामीलाई’
लीलादेवीका श्रीमान्‌लाई सकारले बेपत्ताको सूचीमा राखेकै चार वर्ष भइसक्यो। तर, उनको खोजी गर्ने कुरामा भने केही प्रगति भएको छैन। बेपत्ता छानबिन आयोगले चितवन गएर केही सोधपुछ गर्नेबाहेक अहिलेसम्म काम नगरेको उनको भनाइ छ।  सीतादेवी र मोहनकलाको घरमा पनि आयोगका कर्मचारी गएर उनीहरुसँग सोधपुछ गर्नेबाहेक थप प्रक्रिया चालेका छैनन्।

राज्यले आफूहरुको जिम्मा लिनुपर्ने उनको माग छ। उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

एकातिर श्रीमान् बेपत्ता पारिएको समय बढ्दै जानु, अर्कोतिर राजनीतिक दल, सरकार र छानबिन गर्न बनेका आयोगले काम नगरेपछि न्याय नपाइने हो कि भन्ने भयले उनीहरुलाई सताइरहेको छ। राज्यप्रतिको भरोसा घट्दै गए पनि दोषीले सजाय पाउनुपर्छ भन्ने कुरामा उनीहरु अहिले पनि अडिग छन्। ‘उहाँ (श्रीमान्) लाई लिएर जाने मान्छेलाई कारबाही हुनुपर्छ,’ लीलादेवीको माग छ, ‘केही दिन भए पनि थुन्नुपर्छ। त्यति मात्रै भए पनि मन सन्तोष हुन्थ्यो।’ 

राज्यले आफूहरुको जिम्मा लिनुपर्ने उनको माग छ। उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

सीतादेवी दोषीलाई एक घन्टा भए पनि थुनाए मात्र आफ्नो मनले शान्ति पाउने बताउँछिन्। ‘उहाँलाई कसले लगेर गयो?'  अरुलाई दिएको राहत आफूहरुले पनि पाउनुपर्ने माग गर्दै उनी न्याय नपाएसम्म चुप लागेर नबस्ने अठोट व्यक्त गर्छिन्, ‘न्याय पाइन्छ होला भन्ने लाग्दैन। तर, नपाएसम्म चुप लागेर बस्दैनौं।’

मोहनकला पनि आफ्ना श्रीमान्‌लाई बेपत्ताको सूचीमा राख्नुपर्ने, राहत दिनुपर्ने र दोषीलाइ कारबाही हुनुपर्ने माग सरकारलाई सुनाउन चाहन्छिन्।

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कानूनमन्त्री गौतम र जापानका राजदूतबीच भेट
सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति
सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
कानूनमन्त्री गौतम र जापानका राजदूतबीच भेट बिहीबार, वैशाख १०, २०८३
सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति बिहीबार, वैशाख १०, २०८३
सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन बिहीबार, वैशाख १०, २०८३
महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान यथास्थानमै राख्ने सरकारको निर्णय बिहीबार, वैशाख १०, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा बुधबार, वैशाख ९, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
जाँचबुझ आयोगलाई एक वर्षको म्याद बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्