काठमाडौं– क्यान्सरलाई जितेका २५ जना व्यक्तिहरू 'र्याम्प'मा उत्रिएका छन्। सानेपास्थित हेरिटेज गार्डेनमा भएकाे ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’मा उनीहरुले 'र्याम्प वाक' गरेका हुन्।
नेपालमै पहिलो पटक आयोजना गरिएको 'र्याम्प शाे'मा मह जाेडी मदनकृष्ठ श्रेष्ठ, हरिवंश आचार्य, मिस नेपाल शृंखला खतिवडा लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागीता रहेको थियो।

र्याम्पमा २५ जना क्यान्सर सर्भाइभर सँगै उनीहरूको उपचारमा संलग्न डाक्टर नर्स पनि सँगै हिँडेका थिए।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा भएको कार्यक्रममा कलाकार मदन कृष्ण श्रेष्ठले क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता अब नभएको भन्दै खुसी व्यक्त गरे।
क्यान्सर रोगबाट पीडितहरु अझै पनि समाजमा खुल्न सक्ने अवस्था नभएकैले यसबारे जनचेतना दिन र्याम्प शोको आयोजना गरिएको कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताइन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।