• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाली फिल्ममा भविष्य खाेज्दै बर्मेली साेनिया [भिडियो]

एउटै प्रश्नले दिक्क– तिम्रो फिल्म कहिले आँउछ?
64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  ०८:३०
1140x725

काठमाडौं– फिल्म ‘सय कडा दश’बाट डेब्यू गर्दै नवअभिनेत्री हुन्, सोनिया राई।

राई भन्नासाथ नेपालको पूर्वी पहाडी जिल्लाबाट आएकी हुन् कि भन्ने लाग्न सक्छ। तर, उनी बर्मामा जन्मिएकी हुन्। सोनिया नेपाली नभई नेपाली मूलकी बर्मेली हुन्।

बर्माको सुन्दर सहर म्याउँम्याउँको याक्यजिसक्कोमा गोखार्ली सेनाको परिवारमा जन्मिएकी हुन् उनी। हाल थाइल्यान्ड बस्दै आएकी सोनिया यतिबेला फिल्म ‘सय कडा दश’को प्रदर्शन मिति पर्खेर बसेकी छन्। फिल्म यही माघ १८ बाट प्रदर्शनको तयारीमा रहेको छ। 

‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’ बाट निर्देशकका रुपमा सफल दरिएका रामशरण पाठकले सोनियालाई थाइल्यान्डदेखि नेपाली फिल्मी क्षेत्रमा प्रवेश गराएका हुन्। पाठकको निर्देशनमा बनेको फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्न पाउँदा सोनिया पनि उतिक्कै खुसी छिन्। 

पछिल्लो समय सार्वजनिक फिल्मको गीत तथा ट्रेलरबाट प्राप्त प्रतिक्रियाले झनै ऊर्जा थपेको सुनाउँछिन्। 

भन्छिन्, ‘आफन्त, साथीभाइ तथा दर्शकको प्रतिक्रियाले एकदमै हौसला थपिरहेको छ। यो खुसी व्यक्त गर्ने मसँग कुनै शब्द छैन।’ 

सबैले फिल्म कहिले आउँछ आफूलाई  सोधिरहने उनी बताउँछिन्। 'पर्खाइ धेरै भइसक्यो भनेर जिस्काइहरहनु हुन्छ, खुसीले  सीमा नाघिसक्यो,’ उनले भनिन्।

बर्मा र थाइल्याडको रहनसहन, पढाइ र उतैको वातावरणमा हुर्किएकी सोनिया नेपाली र नेपालप्रति मोहित छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली फिल्ममा अभिनय गर्न पाउनु गर्वको कुरा भएको सोनियाको भनाइ छ।

आफ्नो अभिनयमा रहेको फिल्मप्रति पनि उनी निकै आशावादी छिन्। भन्छिन्, ‘म निकै आशावादी छु, मेहनत पनि निकै गरेका छौँ। त्यसैअनुसारको ट्रेलर तथा गीत पनि सार्वजनिक भएका छन्। त्यसैले फिल्म पक्कै सफल हुनेछ।’

बर्मा र थाइल्यान्डमा नेपाली समुदायकै विविध कार्यक्रममा स्टेज प्रस्तुति दिँदै आएकी सोनियाले त्यसबाट पाएको ‘वाहवाही’ र सफलतासँगै अभिनयको सपना देख्न थालेकी थिइन्।

अन्ततः उनका लागि ‘सय कडा दश’त्यही सपना पूरा गर्ने माध्यम बन्न पुग्यो। आफू कति सफल हुने र नेपाली फिल्ममा भविष्य कस्तो बन्न भन्ने आधार फिल्मको रिलिजपछि तय हुने उनको विश्वास छ। 

Xtrem

Xtrem

यसअघि पनि बर्मा र थाइल्यान्डमा रहँदा उनलाई अभिनयका अफर भने नआएको होइन। त्यतिबेला उनले थुप्रै प्रस्ताव अस्विकार गरिन्।

‘तर निर्देशक रामशरण पाठक र थाई नेपाली संघका अध्यक्षकुमार कार्की राखेको अभिनयको प्रस्तावलाई नकार्न सकिनँ,’उनी मुस्कुराउँदै भन्छिन्। 

नेपाली समाजभित्रका विकृति, भ्रष्ट्राचार लगायतका सामाजिक विषयवस्तुलाई आधार बनाएर कोरिएर फिल्मको स्क्रिप्ट सुनेर नै आफूलाई काम गर्न रुचि लागेको उनी बताउँछिन्। 

सोनिया फिल्ममा आफूले निर्वाह गर्न पाएको भूमिकाबाट पनि मख्ख छिन्। सोनिया अन्य अभिनेत्रीसँग आफू दाँजिन चाहँदिनन्। आफूले गर्ने जुनसुकै कामको पनि मेहनेतमा विश्वास राख्छिन् उनी। 

आगामी दिनमा पनि नेपाली फिल्मका लागि प्रस्ताब आएमा, फिल्मको कथा चित्त बुझेमा र परिवारिक समर्थन मिलेमा अभिनयको बाटोमा आफूलाई निरन्तर डोहोर्‍याउने उनको योजना छ। 

सोनियालाई फिल्मको ट्रेलर तथा गीत सार्वजनिक भएपछि धेरैवटा अफर आए। तर, फिल्म ‘सयकडा दश’प्रदर्शनमा नआउन्जेल भने कुनै पनि अफर स्वीकार नगर्ने उनको योजना छ। 

भाषिक र सांस्कृतिक रुपमा एकै भए पनि नेपाल र नेपालीसँग घुलमिल नगरेकी सोनियाले फिल्म सुटिङका क्रममा धेरै कुरा सिकेको बताउँछिन्। ‘सबैले बोलेजस्तो नेपाली बोल्न सुरुमा थोरै समस्या भयो। तर, पछि सिक्दै गएँ। सुटिङका क्रममा धेरै कुरा सिक्ने मौका मिल्यो,’उनी खुसी हुँदै भन्छिन्, ‘फिल्म युनिटका सबै सहयोगी भएकाले गाह्रो महसुस भएन।’ 

'सय कडा दश’को सुटिङ सकिएपछि सोनिया पुनः थाइल्यान्ड नै फर्किइन्।

उतिबेला थाइल्यान्ड फर्किएर कुनै बिजनेस गर्ने योजनामा थिइन्। तर, त्यहाँ अहिले व्यवसायमा त्यति राम्रो वातावरण नभएकाले उचित समयको पर्खाइमा रहेकी छन् उनी। 

सोनिया यतिबेला फिल्मको प्रदर्शनको तयारीमा व्यस्त छिन्। जनवरी २६ मा थाइल्यान्डमा फिल्म प्रदर्शनको तयारी हुँदैछ। त्यसैको प्रचारप्रसारमा छिन् उनी।

‘नेपाल कहिले आउने?’ भन्ने प्रश्नमा उनी हाँस्दै भन्छिन्, ‘आफ्नो पहिलो फिल्म आफ्नै ठाउँमा प्रदर्शन हुँदैछ। तयारी त गर्नैपर्‍यो नि! त्यसपछि नेपाल आउने प्रयासमा छु।’

भिडियो-

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्