सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सम्झना

नेपाल लाइभ | २०७५ पौष २७ शुक्रबार | Friday, January 11, 2019 १२:२१:०० मा प्रकाशित

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्। २९७औं पृथ्वी जयन्तीका अवसरमा भण्डारीले सिंहदरबार पश्चिम ढोकामा पुगेर माल्यार्पण गरेकी हुन्। 

नेपाल राज्य एकीकरणको अभियान शाहले सुरु गरेका थिए। खण्डखण्डमा रहेका बाइसे–चौबीसे राज्यलाई एकत्रित गरी शाहले नेपालको एकीकरण गरेका थिए। भौगोलिक रुपमा टुक्रिएको राज्यलाई एक बनाएको जस शाहलाई दिने गरिएको छ। उनलाई राष्ट्र निर्माताको पनि भनिन्छ। 

प्रज्ञा भवनबाट सुरु भएको र्‍याली सिंहदरबार मुल गेटमा पुगेर सकिएको थियो। बाजागाजासहित उपस्थित र्‍यालीमा मन्त्रीहरु इश्वर पोखरेल र गोकुल बाँस्कोटा पनि उपस्थित थिए।

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छैन। स्थानीय तहमा भने तीन तहले बिदा दिएका छन्।