विराटनगर– भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
भोजपुर नगरपालिका–६ पिखुवा खोला नजिकैको भीरबाट लडेर ट्याम्केमैयुम गाउँपालिका–६ का ४९ वर्षीय रोहिन्द्र श्रेष्ठको मृत्यु भएको हो।
४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ भने घाइते भएका छन्।
भोजपुर बजारबाट घर फर्कने क्रममा बुधबार राति दुवैजना भीरबाट लडेका थिए।
दुवैलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारकै क्रममा रोहिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते चन्द्रबहादुरको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
यसअघि मंगलबार ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाकी ३५ वर्षीया सरीता श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।