चौतारा– सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको बिहीबार मृत्यु भएको छ।
चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
बिहान बाटो हिँडिरहेको अवस्थामा प्रसारण लाइनको तार चुँडिएर जमिनमा लत्रिरहेको अवस्थामा श्रेष्ठले नदेखेर कुल्चँदा करेन्ट लागेको थियो।
उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।