काठमाडौं– आफू पीडित भएको भन्दै प्रहरीमा उजुरी दिने र पीडकको आरोप लागेका दुवैजना प्रहरी हिरासतमा पुगेका छन्।
पीडक भनेर आरोप लगाइएका भक्तपुर बालकोटका सागर थापा र पीडित भएको दाबी गर्दै उजुरी दिने काठमाडौंका ज्ञानेन्द्र श्रेष्ठ दुवैजना महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पुगेका हुन्।
५ करोड रुपैयाँ बराबरको बैंकिङ कसुरको आरोप लागेका थापालाई प्रहरीले पुस १३ गते भिमसेनगोलाबाट पक्राउ गरेको थियो।
थापा पक्राउ परेपछि उनको बयानको आधारमा थापाविरुद्ध उजुरी हाल्ने श्रेष्ठलाई पनि प्रहरी पक्राउ गरेको हो।
दुवै जनालाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले थापाविरुद्ध ५ करोड बराबरको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए।
पक्राउ परेपछि थापाले उल्टै १६ लाखको चेक बाउन्स गराएको र हस्ताक्षर गरेर राखेको आफ्नो चेक चोरेर आफैंले ५ करोडको चेक बनाइ बाउन्स गराएको आरोप श्रेष्ठलाई लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए।
दुवैविरुद्ध अहिले बैंकिङ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।