राजविराज– नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङ्ग पुरस्कृत भएका छन्। सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका यादवलाई नगद २ हजार ५ सय १ सहित यो पुरस्कार प्रदान गरिएको हो।
२५औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसर पारी बिहीबार राजविराजमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङ्गलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मानित गरे।
तामाङ्ग नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्यसमिति सदस्य पनि हुन्।
सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको २०५० सालमा हत्या भएको थियो। उनकै स्मृतिमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो।
राष्ट्रियसभाका सदस्य प्याकुरलले ८ हजार ५ सय, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले ५ हजार रुपैयाँ पुरस्कारका लागि प्रदान गर्ने भएपछि आगामी वर्षदेखि पुरस्कार राशी १६ हजार १ रुपैयाँ पुग्ने भएको छ।
वातावरणीय पत्रकारिता पुरस्कार चौधरीलाई
त्यस्तै, वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार विद्यानन्द रामलाई सम्मानित गरिएको छ। १०औं उमा सिंह स्मृति दिवसको अवसर पारी रामलाई सो पुरस्कार प्रदान गरिएको हो। राम सप्तरीलाई कार्यक्षेत्र बनाई जनता टेलीभिजनमा कार्यरत छन्।
मुक्ति–लक्ष्मी पत्रकारिता पुरस्कारको घोषणा
अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरी प्रसाद भट्टराईले ‘मुक्ति–लक्ष्मी पत्रकारिता पुरस्कार’को घोषणा गरेका छन्। स्वर्गीय पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा भट्टराईले पुरस्कारको घोषणा गरेका हुन्।
५ हजार राशीको पुरस्कार आगामी वर्षदेखि वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।