काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज(बिहीबार) भारत जाँदै छन्।
रायसिना संवादको चौथो संस्करणमा सहभागी हुन मन्त्री ज्ञवाली भारतकाे नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।
भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा मन्त्री ज्ञवालीले बिहीबार नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका अवसरमा मन्त्री ज्ञवालीले भारतीय सरकारका उच्च अधिकारीसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सरकारी उच्च अधिकारीसँग भेट हुने बताइए पनि काे-काेसँग भेट हुनेबारे भने केही बताइएकाे छैन।
अघिल्लो वर्षको रायसिना संवादमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी भएका थिए।
मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।