राजविराज– जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
निजगढ नगरपालिका–४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई उनकै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
बारा जिल्ला अदालतको २०६७ जेष्ठ २६ र सर्वोच्च अदालतको २०७४ कात्तिक २९ गतेको फैसाला अनुसार प्रधानलाई ५ वर्ष कैदको सजाय भएको थियो।
प्रधानलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।