काठमाडौं– नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्रने चेतावनीसमेत दिए।
विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारी समायोजन अध्यादेश चिकित्सकहरूको हित र संविधान/कानुनसम्मत नभएको गुनासो गरे।
आन्दोलनरत सरकारी चिकित्सकहरूले आफूहरुको सेवा, सुविधा र वृत्ति विकासमा समेत प्रतिकूल असर हुनेगरी आएको भन्दै सो अध्यादेश सच्याउन सरकारलाई दबाब दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।