बाबियाचौर (म्याग्दी)- म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको छ।
प्रसारण लाइनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत् आपूर्ति हुन नसकेको हो। विद्युत् सुविधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना र नारच्याङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।
पर्यटकीयस्थल घोडेपानी, भुरुङ तातोपानी, दानाका होटल व्यवसायीसमेत विद्युत् अभावमा प्रभावित बनेको होटल व्यवसायी इन्द्रसिंङ शेरचनले बताए। नेपाल विद्युत् प्राधिकरणले मर्मतमा ढिलाइ गर्दा उपभोक्ता मर्कामा परेको उनले गुनासो गरे।
प्राधिकरण बेनी वितरण केन्द्रले खराबी भएको ठाउँ पत्ता लगाउन नसकिँदा मर्मतमा ढिलाइ भएको बताएको छ। तिल्केनीचौरदेखि मिलनचोक सवस्टेशनसम्मको प्रसारण लाइन परीक्षण गरेपछि खराबी पत्ता लाग्ने र मर्मत गरी विद्युत् आपूर्ति गराउन पहल भइरहेको केन्द्रले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।