डडेल्धुरा– पसलबाटै चरेश बेच्ने एक जनालाई अमरगढीबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–८ डकलेका ५५ वर्षीय हर्कबहादुर साँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
अवैध लागुऔषध (चरेश) आफ्नो पसलमा लुकाइछिपाइ राखी सानो–सानो प्याकेट बनाई बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले साँकीलाई मंगलबार राति पक्राउ गरेको हो।
प्रहरीले उनको घर खानतलासी गर्दा खुद्रा किराना पसलभित्र रहेको सानोसानो टुक्राको प्याकेट र केही ठूलो लाम्चो सिग्रेट आकारमा रहेको लागुऔषध चरेशलाई पोलिथिनको थैलीमा पोको पारी राखेको अवस्थामा १ सय १० ग्राम फेला परेको डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
उनलाई नियन्त्रणमा लिई कानुन बमोजिम मुद्दा दर्तापछि डडेल्धुरा जिल्ला अदालत डडेल्धुराबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।