काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले डिएनए परीक्षणका लागि रगत दिएकी छिन्।
निर्मलाको भेजाइनल स्वाब नै प्रहरीले नक्कली खडा गरेको हुनसक्ने भन्दै त्यसको पुष्टिको लाग डिएनए चेक गर्न रगत दिइएको आमा दुर्गादेवीले जानकारी दिइन्।
उनले नेपाल लाइभसँग कुरा गर्दै भनिन्, 'यो हाम्रै माग थियो । स्वाब नै छोरीको होइन कि भन्ने शंका लागेपछि पुष्टि गर्न महाकाली अञ्चल अस्पतालमा रगत दिइएको हो।’
बलात्कारपछि हत्या भएको पाँच महिना नाघिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले अहिलेसम्म दुई दर्जनभन्दा बढीको डिएनए टेस्ट गरेको बताए पनि नतिजा भने शून्य छ।
प्रारम्भिक चरणमा नै प्रमाण नष्ट गरेको भन्दै प्रहरीको चाैतर्फी आलोचना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।