राजविराज– १६ किलो गाँजासहित सर्लाहीमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकलमा गाँजा बोकेर हिँडेका सिन्धुलीको हरिहरपुर गाउँपालिका– ७ का ३२ वर्षीय धर्मसिंह मोक्तान, २४ वर्षीय शंखबहादुर बम्जन र सर्लाहीको हरिवन नगरपालिका– ३ का २८ वर्षीय राजेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
लालबन्दी नगरपालिका– १ को नौ नम्बर ड्यामबाट डाबरी जाँदै गरेको ना७प ६१२४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। प्रहरीले मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
यसैगरी, सर्लाहीकै कौडेना गाउँपालिका– १ लक्ष्मीपुरबाट आधा केजी गाँजासहित २ भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको र बिहारस्थित सीतामडीको बसबिटा ग्राम पञ्चायत– ११ का १९ वर्षीय पुष्कर मिश्र र ३६ वर्षीय कन्हाई मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालबाट भारततर्फ जाँदै गरेको विआर–५५ए–७९१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा कम्मरमा लुकाई राखेको गाँजा बरामद भएको प्रहरी चौकी सुन्दरपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।