काठमाडौं- पाँच तारे होटल र्याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको निधन भएको छ।
भारतको मुम्बईस्थित लिलावती अस्पतालमा उनको निधन भएको होटल संघ नेपालले जानकारी दिएको छ।
८७ वर्षीय श्रेष्ठ होटल संघ नेपालका सदस्य समेत हुन्।
श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।