काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि गण्डकी प्रदेशबाट पनि पुन: श्रम स्वीकृति जारी गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयको स्थापना गरेर श्रम स्वीकृति जारी गरिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
पोखरास्थित श्रम तथा रोजगार कार्यालयको सबै काम सकिएकाले भोलिदेखि श्रम स्वीकृति जारी गरिने विभागले जनाएको छ।
अब वैदेशिक रोजगारीबाट घर विदामा फर्किएका कामदारले पुनः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यताका अन्त्य भएको छ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने सेवा विकेन्द्रीत गरेर प्रदेशसम्म पुर्याेउने उद्देश्यका साथ योभन्दा अगाडि बुटवल र जनकपुरबाट सेवा सुचारु गरिसकेको छ।
भोलिदेखि पोखरा र आगामी दिनमा अन्य प्रदेशबाट पनि वैदेशिक रोजगारीका सेवा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। प्रदेशबाट श्रम स्वीकृति जारी गर्दा काठमाडौंमा चाप कम हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।