राजविराज– बलात्कार आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिकाका १० वाट एक जनालाई पक्राउ गरेको छ।
भोजपुर घर भएकी एक महिलालाई धम्की र प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा इहटरी– १० का २३ वर्षीय रमेश राईलाई प्रहरीले पक्राउ गरेको हो।
राईले फेसबुकमार्फत चिनजान भएकी ३५ वर्षीया महिलालाई जागिर लगाइदिने लोभ देखाएर गत २० गते धरान बोलाएका थिए। धरानबाट इटहरी ल्याई होटलमा राखेर २० गतेदेखि २४ गतेसम्म लगातार बलात्कार गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार राईले ज्यान मार्ने धम्की दिएर महिलालाई बलात्कर गरेका थिए। पीडितको जाहेरीका आधारमा पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।