जनकपुर- महोत्तरीको एकडारा गाउँपालिका ५ मा बुधबार बिहान आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३० वर्षीया शान्तिदेवी साह रहेको प्रहरीले जनाएकाे छ।
आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले बताए। शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको छ।
उनका श्रीमान् राकेश साह वैदेशिक रोजगारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।