धनगढी- जबरजस्ती करणीमा कैद तोकिएका फरार अभियुक्तलाई कैलाली प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ। कैलारी गाउँपालिका ७ बस्ने ५२ वर्षीय वीरु कामीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
कामीलाई अदालतले २०५३ फागुन २१ गते २ वर्ष ५ महिना १९ दिन कैद तोकेको थियो।
कामी पक्राउ पर्ने डरले भारत गएर लुकेका थिए। घर आएको अवस्थामा विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं कैलाली प्रहरीका प्रवक्ता हरिसिंह ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।