नवलपरासी– पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत अवस्थामा फेला परेकी छिन्।
सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन्।
उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन्। उनको शव गण्डक नहरको सुरजपूरा विद्युत उत्पादन गृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको छ। उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।