नेपालगञ्ज– बाँकेको कोहलपुरबाट गएराति प्रहरीले ठूलो परिमाणको चरेससहित ३ जनालाई पक्राउ गरेको छ।
प्रदेश ५ प्रहरी अनुसन्धान ब्युरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा छन्।
तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।