बेझाड– पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पास्थित साकिनेमा एक घरमा आगलागी हुँदा करिब ६ लाख मूल्य बराबरको क्षति भएको छ।
रुद्रबहादुर दर्लामीको घरमा मंगलबार दिउँसो करिब २ बजेको समयमा भएको आगलागीमा घर गोठ जलेर नष्ट भएको छ।
आगलागीबाट गोठमा रहेका दुईवटा भैसी र घरमा रहेका दुई थान मोवाइल सेट तथा लत्ताकपडालगायत जिन्सी सामानसहित करिब रु ६ लाख ७० हजार मूल्य बराबरको क्षति भएको पूर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकबहादुर आलेले जानकारी दिए।
दर्लामीको घरमा अचानक आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडाध्यक्ष निरबहादुर सारुले बताए।
स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ। आगलागीपीडित परिवार अहिले आफन्त छिमेकीको शरणमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।