बागलुङ– गोठमा भएको आगलागीमा परि ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ।
आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परि स्थानीय दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए।
यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैंले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ।
गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो।
आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ। गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।