सुर्खेत– भारतको कर्नाटक राज्यको बैंगलोरबाट सुन चोरीमा संलग्न दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले चोरीमा संलग्न चारमध्ये दुई नेपालीलाई पक्राउ गरेको हो।
ब्यूरोले शनिबार कालीकोटको लालुबाट मङ्गल शाही र उनकी श्रीमती सौभाग्य शाहीलाई मंगलबार वीरेन्द्रनगर पदमपुरबाट पक्राउ गरेको हो।
प्रहरीले सौभाग्याट ६ सय ५० ग्राम सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले कालीकोटबाट समेत सुनका गहना बरामद गरिएका र नापतौल भइरहेको जानकारी दिए।
चोरीमा संलग्नको खोजी गर्दै भारतीय प्रहरी पनि केही दिनयता सुर्खेतमा छन्। कर्नाटक प्रहरीका प्रहरी महानिरीक्षक मेलविन फ्रान्सिस नेतृत्वमा पाँच सदस्यीय टोलीले नेपाल प्रहरीसँगको समन्वयमा चोरीमा संलग्नको खोजी गरिरहेको छ।
प्रदेश प्रहरी कार्यालयले अन्य दुईको खोजी भइरहेको जनाएको छ। सुन चोरीमा शाही दम्पतिका साथै घरेलु दम्पतिका रुपमा कार्यरत उनका छोरा र भाञ्जा संलग्न रहेको बताइएको छ।
भारतीय प्रहरीका अनुसार यही पुस ११ मा बैंगलोरका रियलस्टेट व्यवसायी प्रवीन कुमारको घरमा काम गर्ने नेपाली कामदारविरुद्ध ३ दशमलव ८७ केजी सुनसहित चारवटा घडी, एउटा आइफोन र एउटा ल्यापटप चोरेको आरोप छ।
नेपाल प्रहरीले एउटा घडी बरामद गरे पनि ल्यापटप र आइफोन भने भेटाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।