काठमाडौं– मुलुकको विकास निर्माण र सुशासनको दुरावस्थाप्रति व्यंग्यस्वरुप रानिपोखरीमा नेविसंघका नेताहरूले फुटबल खेलेका छन्।
केन्द्रीय उपाध्यक्ष डिल्ली राम सुवेदी, विधार्थी नेता दुजाङ शेर्पा लगायतको टोलीले 'प्रधानमन्त्री ज्यु, विकासको सूचीमा रानिपोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि!' भन्ने ब्यानर बोकेर पुगेका थिए।
डेढ घण्टासम्म चलेको फुटबल खेलमार्फत झुटो प्रचार र कुशासनको अवस्थाप्रति व्यंग गरिएको उपाध्यक्ष सुवेदीले जनाए।
संसदमा प्रधानमन्त्रीले मुलुकको विकास र प्रगतिको झुटो तथ्याकं प्रस्तुत गरेपछि सांकेतिक विरोधस्वरुप विध्यार्थीले फुटबल खेलेका हुन्।
'काठमाडौंको केन्द्रमा रहेको रानिपोखरीको निर्माणमा त सरकार भेटिएन भने दुरदराजको अवस्था कस्तो होला' भन्ने विद्यार्थी नेताको आक्रोस थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।