काठमाडौं- राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित आज बिहानै एक जना पक्राउ परेका छन्।
प्रहरी टोलीले ठूलो परिमाणको सुनसहित मनोज अधिकारी नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेको हो। अधिकारी चालक हुन्।
उनले गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सुन बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए। एयरपोर्टबाट आएर बिहान २ बजे क्षेत्रपाटीमा पार्किङ गरेको अवस्थामा सो गाडीबाट सुन बरामद गरिएको हो। 'यति ठूलो परिमाणमा सुन बरामद गरिएको यो नै पहिलो घटना भएको हो,' उनले भने।
सुनका असली मालिक को हुन् र कहाँबाट भित्रियो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।