काठमाडौं– प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागका ७ जना बिचौलियालाई पक्राउ गरेको छ।
विभागमा सेवाग्राहीलाई ठगी गर्ने बिचौलियाहरुलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा साँखु का २५ वर्षीय भरत तामाङ, काभ्रे मंगलटारका ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ पट्यारीका २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारीका ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय बिकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङ रहेका छन्।
उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले बताए।
यसैगरि प्रहरीले सामान ठगीमा संलग्न कैलालीका बासुदेव मैनालीलाई पनि पक्राउ गरेको छ।
नक्कली चेक दिई काठमाडौंको विभिन्न स्थानबाट फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सीलगायतका सामान ठगी गरेको आरोपमा मैनालीलाई पक्राउ गरिएको पनि एसएसपी लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।