बर्दिया– बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका यहाँका एक व्यक्तिलाई अदालतले कैद सजाय तोकेको छ।
गुलरिया नगरपालिका–१० का १८ वर्षीय काशिम पठानलाई ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोख्रेलको एकल इजलासले आज पाँच वर्ष ६ महीना कैद सजाय तोकेको हो।
बालिकालाई गत वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पठानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको थियो। प्रहरीले घटनाका आरोपितलाई गत वैशाख २९ गते गिरफ्तार गरेकामा अदालतको आदेशअनुसार गत जेठ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।