• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महानगरले चलायो जनप्रतिनिधिकै घरमा डोजर

64x64
नेपाल लाइभ सोमबार, पुस २३, २०७५  १८:११
1140x725

पोखरा– पोखरा महानगरपालिकाले मापदण्ड मिचेर बनाएका जनप्रतिनिधिका घरमा डाेजर चलाएकाे छ। महानगरले सार्वजनिक जग्गा फिर्ता अभियानको क्रममा सोमबार पोखरा– ४ का जनप्रतिनिधिले बनाएको संरचना भत्काएको हो।

महानगरपालिकाले वडा सदस्य विष्णुमाया परियारले बनाउँदै गरेको पिल्लर सहितको पक्की घर भत्काएको हो। महानगरपालिकाले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण वर्षका रुपमा मनाइरहेको छ।

पटकपटक सूचना पठाउँदा पनि अटेरी गरेकाले भत्काउनु परेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। ‘सुरुबाटै हामीले नबनाउन आग्रह गर्दै आएका थियौं तर मान्नुभएन। हिजो (आइतबार) ढलान नै गर्नुभयो,’ उनले भने, ‘पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि मेयरसाबले भत्काउने आदेश दिनुभएको हो।’ 

नेपालीले पहिले पनि पटकपटक परियारको सामान जफत गर्दै लगेको जानकारी दिए। उनले भने, ‘पहिले जग बसाल्दा नै बेल्चा, घन, गैंचीलगायत सामान उठाएर लगेका थियौं। उहाँले अटेर गरिरहनुभयो।’ परियारले नेपाल स्काउट कास्की शाखासँगैको जग्गामा मापदन्ड विपरीत संरचना जेठ ४ बाट बनाउन सुरु गरेकी थिइन्। 

वडा सदस्य परियारले भने आफूले वडाध्यक्ष र मेयरसँग मौखिक सहमति गरेरमात्रै घर बनाएको दाबी गरिन्। उनले भनिन्, ‘मेयर साबसँग दशौंचोटी बैठक गरेर मात्रै घर बनाएको हुँ। अहिले आएर त्यसै भत्काउन पाइन्छ?’ उनकोे पुरानो घरमा फिर्के खोलाको बाढी आएर पस्ने भएकाले माथि घर सारेको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गरिब र सुकुम्बासी खोलाको पानी कोठामा पसेर मर्दा आवाज उठाउन सक्दैन। अहिले घर बनाएको भन्दै डोजर लगाउन पाउँछ?’ परियारले प्रश्न गरिन्, ‘फिर्केको मापदन्ड मिचेर सयौंले घर बनाएका छन्। के गरिबको कहिले दिन नआउने हो?’ उनले सो जग्गा २०४८ सालदेखि नै भोगचलन गर्दै आएको दाबी गरिन्। 

परियारले उक्त ९÷१० लाख खर्चेर बनाएको बताइन्। घर बनाउन नमुना महिला समूहबाट १५ लाख ऋण लिएको समूहकी सदस्य देवका कोइरालाले जानकारी दिइन्। जनप्रतिनिधिले नै मापदन्ड मिचेर संरचना बनाइरहेको विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि महानगरले अनाधिकृत रुपमा नबनाउन आग्रह गर्दै आएको थियो। 
पोखरा महानगरले सोमबार नै पोखरा ५ का मापदन्ड मिचेर बनाएका अन्य संरचना समेत भत्काएको प्रवक्ता नेपालीले जानकारी दिए। उनले भने, ‘सबैलाई पहिल्यै पत्राचार गरेका हौं। सबैले अटेरी गरेपछि महानगर आफैं अग्रसर हुनुपरेको हो।’ अब विस्तारै मापदण्ड मिचेका सबै संरचना भत्काइने उनले जानकारी दिए।

Xtrem
Xtrem

महानगरले पोखरा– ५, सिमानामार्गमा रहेको भरत लिगलको ४ कोठे संरचनासमेत भत्काएको छ। ‘उक्त संरचना व्यक्तिले दाबी गर्दै आउनुभएको थियो। तर हाल कानुनी रुपमै सरकारी भएको प्रमाणित भएपछि पनि नमानेपछि भत्काउनु परेको हो,’ प्रवक्ता नेपालीले भने। उनले पोखरा ५ बुलौंदी कि जमुना क्षेत्रीको ३ कोठे भवन पनि भत्काएको जानकारी दिए।

महानगरले अतिक्रमित जग्गा भत्काउन थालेपछि केही महानगरबासीले ५ दिनभित्रमा आफैं भत्काउने प्रतिबद्धता गरेका छन्। प्रतिबद्धता गर्नेमा युवराज खतिवडाले प्रयोग गरेको रामचन्द्र भण्डारीको घर, वासुदेव आचार्यको ३ कोठे भवन, शान्त बतास १ कोठाको भवन छ। उनीहरुले सोमबार नै महानगरसँग ५ दिनभित्र घर भत्काउने लिखित सहमति गरेका छन्।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
सम्बन्धित सामग्री
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार देश... बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस आयोगले २०८३ भदौ २६ गते निर्णय गर्दै प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर सुरक्षा घेरा तोडेको र ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता... बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्