काठमाडौ- प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीश सुष्मालता माथेमालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
सर्वोच्च अदालतमा जबराले मुख्य न्यायाधीश माथेमालाई सपथ गराएका हुन्। पौष १९ गते बिहिबार बसेको न्यायपरिषद्को बैठकले माथेमालाई उच्च अदालतको मुख्य न्यायाधीशका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको थियो।
माथेमालाई नेपालको संविधान, २०७२ को धारा १४० को उपधारा (१) बमोजिम सम्माननीय प्रधानन्यायाधीशले नियुक्त गरेका हुन्।
प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले सिफारिस गरे लगत्तै ०७५ पौष २० गते नै नियुक्त गरी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा पदस्थापना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।