काठमाडौं- पाल्पाको रामपुर नगरपालिका-६ तिलपुर बस्ने ४५ वर्षीय भलबहादुर कुमालको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-४ जलदेबीस्थान बस्ने ३६ वर्षीय मनोज थापालाई प्रहरीले पक्राउ गरेको हो।
सामान्य विवाद भएपछि थापाले कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।