काठमाडौं– मौसममा बदली भएसँगै काठमाडाैंसहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएकाे छ। बिहानैदेखि काठमाडाैं उपत्यका आसपासका चन्द्रागिरी, कालिन्चाेक, शिवपुरीलगायतका डाँडाहरुमा हिमपात भएकाे छ।
चन्द्रागिरीमा हिउँ र सूर्यकाे समागमकाे दृश्य निकै सुन्दर देखिएकाे छ। चन्द्रागिरी क्षेत्रमा रहेका डाँडाँपाखा, मन्दिर, बाटाे तथा केवलकारसमेत हिँउले सेताम्मे देखिएका छन्।
केवलकार चढेर चन्द्रागिरी पुगेकाहरु अकस्मात परेकाे हिउँले निकै राेमािञ्चत बनेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिनभरजसो बादल लाग्ने र देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएकाे छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने समेत अनुमान गरिएकाे छ।
वर्षा र हिमपातसँगै काठमाडौंलगायत देशैभर चिसाे बढेकाे छ। चिसाे बढेसँगै देशभरकाे जनजीवन प्रभावित बनेकाे छ।
हेराैं चन्द्रागिरीमा परेकाे हिमपातका केही तस्बिरहरु:






(तस्बिर : श्रहरि थापा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।