काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महाप्रबन्धक कंसाकारलाई कालोमसो दलेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखा टेकुले सुरेश तामाङलाई पक्राउ गरेको हो।
महाशाखाको टोलीले उनलाई आइतबार थानकोटबाट पक्राउ गरेको हो। उनी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य समेत रहेको प्रहरीले जानकारी दिएको छ।
यो पनि पढ्नुहोस्
वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई मोसो दलियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।