इनरुवा- सुनसरीको रामधुनी नगरपालिका–५ मा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को२०प ९१६२ नंको मोटरसाइकलले सोही दिशातर्फबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे–२ का रमेश क्षेत्री र सुनसरी सदरमुकाम इनरुवा–५ बलाहाका नासुराम चौधरी घाइते भएका थिए।
घाइते भएका मोटरसाइकल चालक क्षेत्री इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को१ज २४१५ नंको म्याजिकमा ठोक्किएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। सोही दुर्घटनामा परी घाइते भएका चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।