काठमाडौं– बारा प्रहरीले २३ वर्षदेखि फरार दुई व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० का ४५ वर्षीय नन्दकिशोर धानुक र साही ठाउँको ४३ वर्षीय हविव मिया छन्।
धानुकविरुद्ध २०५२ मंसिर २१ गतेको जिल्ला अदालत बाराको फैसला डाका मुद्दामा ६ वर्ष कैद र ३२ हजार ८ सय ५० रुपैयाँको फैसला सुनाएको थियो।
त्यसपछि उनी फरार भएका थिए।
त्यसैगरी मियाविरुद्ध २०५२ भदौ १९ गते लागुऔषध मुद्दामा १ वर्ष ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवान सुनाइएको थियो।
पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।