काठमाडौं– चार किलो सुनसहित धादिङको गजुरीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गएराति साढे १० बजे ३ नम्बर प्रदेशको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश ३ का डिआइजी दीपककुमार थापाले जानकारी दिए। रसुवाको उत्तरगया गाउँपालिका– ३ का २७ वर्षीय सन्जित तामाङ, काठमान्डौ तारकेश्वर नपा– ५ का २२ वर्षीय सुरेन्द्र तामाङ र साेही स्थानका २४ वर्षीय विकास तामाङ पक्राउ परेका हुन्।
उनीहरु चढेकाे दुई वटा मोटरसाइकल र ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।