काठमाडौं- काठमाडौंको सतुंगलमा आगलागी भएको छ। कपास उद्योगबाट साँझ करिब साढे ७ देखि सुरु भएको आगलागीको कारण थाहा हुन नसकेको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
आगो निभाउन उपत्यकाका तीनै जिल्लाका सबै दमकल, स्थानीय र प्रहरी खटिएको बोगटीले बताए।
आगलागीको प्रकृति ठुलो भएकोले नियन्त्रणमा लिने प्रयास सफल हुन सकेको छैन। आगलागीबाट कपास उद्योग पूर्ण रुपमा जलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।