जनकपुरधाम- धनुषामा मोटरसाईकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुखियापट्टी मुुसहरनीया गाउँपालिका १ का ६० वर्षीय रामअशिष यादवको रहेको प्रहरीले जानकारी दिएको छ।
बुधबार राति ८ बजे यादव घरतर्फ पैदल जाँदै गरेको अवस्थामा पछाडिबाट आएको ज ११ प ३८८५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाईकलसहित चालक घटना लगतै फरार भएपनि पहिचान भइसकेकाले चालक र मोटरसाईकलको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।