जनकपुर- हत्या र विस्फोटक पदार्थ संगठित अपराध तथा डाका मुद्दामा संग्लन फरार प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा सिंग्याही मडान ३ का ५८ वर्षीय रामेश्वर महतो रहेको सिरहा प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। महतोलाई प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका ४ बन्दीपुरबाट पक्राउ गरेको हो।
२०७३ फाल्गुन १ गते सिरहाको मिर्चैया नगरपालिका २ मल्हनियाँखोरीमा भएको गोली प्रहारको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।