काठमाडौं– सल्यान प्रहरीले २२ वर्षअघिको ज्यान मुद्दाका फरार एक महिलालाई पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेकी सल्यान कालीमाटी रामपुर–८ बस्ने ६० वर्षीया नोखी खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
२०५३ माघ ८ गतेको फैसला अनुसार ९ वर्ष ७ महिना १० दिन कैद ठहर भई फरार रहेकी खत्रीलाई जिल्ला प्रहरी कार्यलय सल्यानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई कारबाहीका लागि सल्यान जिल्ला अदालत पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।