जनकपुर– महोत्तरीमा सशस्त्र प्रहरीले १ लाखभन्दा बढी मोल बराबरको फलामबाट बनेको चुलेसी, बन्चरो, हथौडी लगायतका सामग्री नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, जलेश्वरले मंगलबार ना३ख ६१३५ नम्बरको भिठामोड देखि जनकपुरसम्म चल्ने सार्वजनिक बसबाट सो परिमाणको हतियार बरामद गरेको हो। जनकपुर लाँदै गरिएको अवस्थामा १ लाख १५ हजार भन्दा बढीका हतियार नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
जलेश्वरस्थित लचकामा सवारी जाँचको क्रममा उक्त सामग्रीको भन्सार तिरेको प्रमाण देखाउन नसकेपछि सशस्त्र प्रहरीले सामग्री नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल, जलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक अम्मरराज बरामुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।