काठमाडौं- ‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ नाराका साथ छैटौं नेपाली टोपी दिवस मनाइएको छ।
दिवसका अवसरमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म आज प्रभातफेरी कार्यक्रम आयोजना गरियो। जसमा सहभागी कलाकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरु सहभागी थिए। उनीहरुले दौरा सुरुवाल, गुन्यूचोली र नेपाली ढाकाटोपी लगाएका थिए।
टोपी दिवसका अवसरमा अहिलेसम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरेको आयोजक जागरुक युवा अभियान नेपालले दाबी गरेको छ।
अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे। पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको धारणा राखे।

नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएको भन्दै अभियानले नेपाली टोपी (ढाकाटोपी, भादगाउँले) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै आएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।