• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बलिउड २०१८ : बिकेन स्टारडम, फ्लपको सूची लामो

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०७५  १२:५०
1140x725

काठमाडौं– बलिउड फिल्म उद्योगका लागि सन् २०१८ अघिल्लो वर्षभन्दा केही फलदायी बन्न पुग्यो। निर्माताहरु कथावस्तुप्रति सचेत भएकै कारण फिल्मी बजारमा वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

२०१८ मा बलिउड बक्स अफिस सफल हुनुमा स्टार कास्टले मात्र भूमिका निर्वाह गरेका छैनन्। यसमा स्टारकास्ट, कथावस्तु र त्यसको प्रस्तुतीकरण बलियो बनेको छ। जसलाई भारतीय फिल्मकर्मीहरुले भविष्यका लागि राम्रो संकेतका रुपमा लिएका छन्। 

भारतीय बक्स अफिसमा यस वर्ष सलमान, आमिर, शाहरुख कसैको जादु चल्न सकेन। बरु विभिन्न नारीप्रधान र बायोपिक फिल्महरुले सफलताको श्रेय लिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार विभिन्न समस्याबाट बलिउड फिल्म उद्योगमा एकातिर टिकटको मूल्य बढेको छ भने दर्शकको संख्या घटिरहेको छ। अर्कातिर सिंगल थिएटर हलमा दर्शकको अपेक्षा र चाहना अनुरुप फिल्महरु बन्न सकिरहेका छन्। यससँगै बक्स अफिसको अर्को मुख्य चुनौती भनेको वेब सिरिज हुन्। सिरिजहरु निर्माण गर्न पनि सहज र दर्शकको साथ उत्साहजनक रहेको पाइन्छ। यही चुनौती पार गर्दै हलसम्म दर्शक तान्ने विषयमा फिल्म निर्माण गर्नु निर्माताहरुका लागि अर्को चुनौती बनिरहेको छ। यो बलिउडमा मात्र नभई नेपाली फिल्म उद्योगमा पनि उतिकै सान्दर्भिक देखिन्छ।

यस्ता समस्याका बाबजुद सन् २०१८ मा केही बलिउड फिल्मले बक्स अफिसमा उत्साहजनक उपस्थिति जनाउन सफल भए।

ब्लकबस्टर 
सन् २०१८ को बलिउड बक्स अफिसका लागि ब्लकबस्टर साबित भए ‘सञ्जु’ र ‘पद्मावत’। चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित सञ्जु जुन २९ बाट प्रदर्शनमा आएको थियो। फिल्म प्रदर्शनका दिन कुनै पनि सार्वजनिक बिदा परेको थिएन तर पनि निकै राम्रो व्यापार गर्न सफल भयो। फिल्मले रणवीर कपुरलाई समेत वर्षकै सर्बाधिक हिट अभिनेतामा उभ्याउन सफल भयो। 

‘पद्मावत’ले पनि विभिन्न विरोधका बीच सफलता प्राप्त गर्यो। जनवरी २५ बाट प्रदर्शनमा आएको पद्मावत विरोधकै कारण अहिलेसम्म पनि भारतका कतिपय स्थानमा प्रदर्शनमा आउन सकेको छैन। तर फिल्मले ५ सय ८६ करोडभन्दा बढीको व्यापार गर्न सफल भयो। 

सुपरहिट 
वर्ष २०१८ को बलिउड सुपरहिट फिल्मको सूचीमा ‘बधाई हो’, ‘स्त्री’, ‘राजी’, ‘सोनु के टिटु की स्विटी’, ‘बागी २’ र ‘२.०’ सूचीकृत भएका छन्। स्टारकास्ट मात्र नभएर फिल्मको विषयवस्तु, स्क्रिप्ट, अभिनय र निर्देशकीय पक्षबाट फिल्महरु सफल बनेका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्म ‘बधाई हो’ले दर्शकलाई मज्जाले हँसायो। जसले परिवारसहित हलमा आएर फिल्म हेर्ने वातावरण सिर्जना गरेको थियो। ‘स्त्री’ले पनि दर्शकको मन जित्न सफल भयो। आलिया भट्ट स्टारर फिल्म ‘राजी’ले सय करोडभन्दा बढीको व्यापार गर्न सफल भयो। युवा वर्गलक्षित ‘सोनु के टिटु की स्विटी’ले पनि भारतीय बक्स अफिसमा राम्रो उपस्थिति जनाएको थियो। 

अभिनेता टाइगर श्राफको एक्सनपूर्ण अभिनय रहेको ‘बागी २’ले पनि दर्शकको मन जित्न सफल बन्यो। फिल्मले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेको थियो। यसैगरी वर्षको अन्त्यतिर प्रदर्शनमा आएको ‘२.०’ पनि भारतीय बक्स अफिसमा सुपरहिट लिस्टमा अटाउन सफल बन्यो। 

हिट 
‘अंधाधुन’, ‘परमाणु’, ‘सत्यमेव जयते’ जस्ता अलगअलग विधामा निर्माण भएका फिल्म हिट लिस्टमा अटाउन सफल भए। त्यसैगरी बरुण धवन र अनुष्का शर्माको अभिनय रहेको ‘सुई धागा’ले पनि दर्शकको मन जित्दै हिट लिस्टमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको डेब्यू अभिनय रहेको ‘धडक’ले बक्स अफिसमा ११० करोडभन्दा बढीको व्यापार गर्न सफल भयो। जसले गर्दा धडक हिट फिल्म साबित भयो। महिला स्टारहरुको अभिनय रहेको ‘वीरे दी वेडिङ’ले पनि बक्स अफिसमा राम्रो दर्शकको साथ जुटाएको थियो। 

Xtrem

Xtrem

यस्तै उच्च अपेक्षा बोकेका ‘रेड’ र ‘प्याड म्यान’ले अपेक्षा अनुसारको व्यापार गर्न सकेनन्। तर पनि भारतीय बक्स अफिसको हिट लिस्टमा सुरक्षित रहे। 

औसत
औसत व्यपार गर्दै थोरै मात्र नाफामा चित्त बुझाउने फिल्मको सूची भने त्यति लामो छैन। जसमा अक्षय कुमारको ‘गोल्ड’ बक्स अफिसमा औसत देखिएको थियो। ‘सुरमा’, ‘१०२ नट आउट’, ‘अक्टोबर’, ‘परि’ र ‘हिचकी’ले औसत व्यापारमा चित्त बुझाउनुपर्यो। यसमा पनि रानी मुखर्जीको ‘हिचकी’ले भने अपेक्षाभन्दा बढी व्यापार गरेको थियो।

फ्लप
वर्ष २०१८ मा बलिउड बक्स अफिसमा ‘फ्ल्प’ फिल्महरुको सूची भने निकै लामो छ। त्यसमा पनि स्टारको स्टारडम बोकेका कलाकर्मीहरुकै फिल्म अग्रपंक्तिमा छन्। 

पहिलो नम्बरमा आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ छ।

करोडौंको लगानीमा तयार फिल्म दीपावलीमा प्रदर्शनमा आएको थियो। यसैगरी अर्का स्टार सलमान खान अभिनित ‘रेस–३’पनि फ्लप सूचीमा सूचीकृत बन्न पुग्यो। सलमानको ब्यानरमा बनेको ‘लव यात्री’को गीत सफल भए पनि फिल्म पूर्ण रुपमा असफल भयो। यसले निमार्ताहरुलाई फिल्म सफल बनाउन स्टारकास्ट मात्र सर्वोपरि हो भन्ने भ्रमबाट भने बाहिर निकालिदिएको छ। 

‘बत्ती गुल मिटर चालु’पनि बक्स अफिसमा असफल बन्यो। करोडौंको लगानी रहेको फिल्म ‘विश्वरुप’ पनि असफलको सूचीमा रह्यो। त्यस्तै ‘पल्टन’, ‘लैला मज्नु’, ‘नमस्ते इङ्लैन्ड’, ‘फन्ने खान’ पनि दर्शकले रुचाइदिएनन्। ‘मुल्क’, ‘मंटो’, ‘मनमर्जिया’ले राम्रो प्रतिक्रिया प्राप्त गरे पनि यी फिल्मले दर्शक खुसी बनाउन असफल रहे।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्