जनकपुरधाम- प्रदेश २ मा चालु आर्थिक वर्षको ४ महिनामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १ सय ७९ पुगेको छ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले दिएको जानकारी अनुसार चालू आवको मङ्सिर समान्तसम्ममा ४ सय ८८ सवारी दुर्घटना भएका छन्। जसमा परी १ सय २६ पुरुष, ३१ महिला,२२ बालबालिका गरी १ सय ७९ को मुत्यु भएको छ। दुर्घटनामा परि २ सय ४६ जना सख्त घाइते भएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।
यसैगरी अघिल्लो आव २०७४/०७५ को असार मसान्तसम्ममा २ सय ८८ सवारी दुर्घटना भएकोमा ८३ को मुत्यु भएको थियो भने १ सय ७० सख्त घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।