भैरहवा- रुपन्देही प्रहरी ओभरलोडका सवारी साधन विरुद्ध कडा रुपमा उत्रिन थालेको छ। यसअघि गृह मन्त्रालयको निर्णय अनुसार ओभरलोडका भारतीय मालवाहक गाडीलाई नाकादेखि १५ किलोमिटरसम्म जानका लागि छुट दिइएको थियो। तर यातायात व्यवस्था विभागले ओभरलोडका सवारीका कारण दुर्घटना बढेको भन्दै नियन्त्रण गर्न प्रहरीलाई पत्राचार गरेपछि प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको हो।
शनिबारदेखि ओभरलोडका भारतीय गाडीलाई प्रहरीले नाकामै रोक्न थालेको छ। आइतबारदेखि नेपाली नम्बर प्लेटका गाडीको स्वरुप परिवर्तन गरेर ओभरलोड बोक्ने साना तथा मझौला गाडीहरुलाई समेत नियन्त्रणमा लिएर कारबाही प्रक्रिया बढाएको छ।
गाडीको क्षमताभन्दा बढी लोड बोकेका ३४ वटा भारतीय गाडीलाई नाकामा रोकिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।
ओभरलोडका गाडीहरु कानुन विपरीत संचालन भइरहेकोले आफूहरुले कानुनको कार्यान्वयन गर्दै ओभरलोडलाई नियन्त्रण गरेको उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।