राजविराज– स्थानीय एक महिलाको हत्या आरोपमा प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका १० का ३७ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको छ।
रमेश श्रेष्ठकी श्रीमती २६ वर्षीय पदिकी शेर्पा (श्रेष्ठ) को हत्यामा तामाङको संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरिएको जनाएको छ। घरबाटै वेपत्ता भएकी शेर्पाको शव पुष १३ गते घर नजिकैको कुलोमा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा तामाङ नै हत्यामा संलग्न भएको हुन सक्ने शंका लागेपछि पक्राउ गरिएको सप्तरीका डिएसपी भावेष रिमालले बताए।
तामाङसँग पुरानो रिसिईबि रहेकाले घटनाको थप अनुसन्धान भईरहेको रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।